ताजा खबर संबाददाता | बैशाख २४, २०७८ शुक्रबार

काठमाडौँ  समाचार लेखेकै भरमा पक्राउ परेका उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रवबन्धक दुर्गालाल तामाङ (प्रभात) रिहा भएका छन । बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतको आदेशमा पत्रकार तामाङ्द्धय प्रहरी हिरासतबाट रिहाई भएका हुन ।

नेपाल प्रहरीले उज्यालो नेटवर्कको कार्यालयबाट अनिश तामाङलाई पक्राउ गरेका थिए भने प्रहरीले महाप्रवन्धक प्रभातलाई बसुन्धराबाट पक्राउ गरेका थिए ।
 उज्यालो नेटवर्कले केही समय अगाडि भारतीय रअ प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भएको ४ बुँदे सहमती बारे समाचार प्रकाशन गरेको थियो ।

पत्रकार तामाङद्धयलाई उच्च अदालतले सरकारलाई पत्रकारलाई समाचार लेखेकै भरमा पक्राउ नगर्नु भन्ने आदेश दिसकेको अवस्थामा पनि जवरजस्ती पक्राउ परेका हुन् । उनिहरु आज रिहा भएका छन् ।