एजेन्सी | बैशाख २४, २०७८ शुक्रबार

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ३१५ जनामा कोरोना संक्रमण भएको छ । कोरोनाको दोस्रो लहर तीव्र गतिमा फैलिरहेको भारतमा केही समय यता दैनिक साढे तीन लाखभन्दा माथि कोरोना संक्रमित थपिइरहेका विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।  

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ हजार ७८० कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हालसम्म २ लाख २६ हजार १८८ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । 

भारतमा हालसम्म २ करोड ६ लाख ६५ हजार १४८ जनामा कोरोना संक्रमण भइसकेको छ ।

भारतमा संक्रमितको उपचारका लागि आईसीयू, भेन्टिलेटर तथा बेडको अभाव हुँदै आएको छ । संक्रमण नियन्त्रणका लागि भारतले धेरै प्रदेशमा लकडाउन गरेको छ ।