ताजा खबर संबाददाता | बैशाख २५, २०७८ शनिबार

नेपाली काँग्रेस गुल्मीले पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका बनाउने भएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले तम्घास रहेको पार्टी कार्यालय भवनलाई आइसोलेसनका रुपमा प्रयोग गर्ने बताएका छन । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा कोरोनाको भयावह अवस्था रहेको हुदा नेपाली काँग्रेस गुल्मीले सामाजिक उत्तरदायित्वलाई वहन गर्दै पार्टी कार्यालयलाई कोरोना उपचार तथा आइसोलेसन कक्षका लागि उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गरेका थिए ।