ताजा खबर संबाददाता | बैशाख ३१, २०७८ शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो २ बजे शपथ लिने भएका छन् । शपथको तयारी गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जानकारी दिए । 

बिहीबार एमालेका अध्यक्ष ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको ठूलो दलको हैसियतमा पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । उनी संविधाको धारा ७६ ९३० अनुसार नियुक्त भएका हुन् ।

विपक्षी गठबन्धनले धारा ७६ ९२० अनुसार बहुमतको दाबी गर्न नसकेपछि  उनलाई नै प्रधानमन्त्रीमा नियुक्त गरिएको हो ।