ताजा खबर संबाददाता | बैशाख ३१, २०७८ शुक्रबार

ख्रीष्टियन समाज रौतहटले चन्द्रपुर नगरपालिकालाई नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेशनको लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरेको छ । विश्वव्यापी रूपले फैलिरहेको कोरोना भाइरस संक्रमण को जोखिम उच्च रहेकोले रौतहटमा पनि यसको संक्रमण आगो झैं समाजमा सल्किदै गइरहेको हुँदा नगरपालिकाले सञ्चालन गरेको कोरोना अस्थायी अस्पतालको लागि आवश्यक पर्ने विभिन्न स्वास्थ्य सामग्री तथा उपकरणहरू समाजले नगरप्रमुख रामचन्द्र चौधरी मार्फत हस्तान्तरण गरेको हो ।
शुक्रबार नगरपालिका कार्यालयमा क्रिश्चियन समाज रौतहटका अधक्ष्य प्रल्हाद रामुदाम सहितका क्रिश्चियन समाजका अगुवाहरुले संयुक्त रूपमा नगरप्रमुख चौधरीलाई हस्तान्तरण गरेका हुन्  
संकटको समयमा हातेमालो गर्दै संक्रमित नागरिकको उपचारमा सहज पुर्याउने उद्देश्यले नगरपालिकालाई थोरै भएपनि आफू हरुले सहयोग गरेको अध्यक्ष रामुदामले बताए । समाजले वितरण गरेको सामग्रीहरुमा अक्सिजन फ्लोमिटर ५ थान, सर्जिकल मास्क ५ हजार थान,डिजिटल थर्मोमिटर १० थान, ग्लभस् २ बक्स तथा सेनिटाईजर १० बोतल एबम् हैंड सेनिटाईजर १२ थान रहेको वडा नं ६ का अध्यक्ष खड्ग बहादुर कुश्वारले जानकारी दिएका छन् । 
उक्त हस्तान्तरण कार्यक्रममा चन्द्रपुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक अभय कुमार ठाकुर, स्वास्थ्यकर्मीद्वय मातृका चालिसे,बलिराम साह सहित ख्रीष्टियन समाजका देव बहादुर ठाडा,सुलेमान राई,रमेश अधिकारी,सेम रामुदाम लगायतकाको उपस्थिति समेत रहेको थियो। 
यो संकटको समयमा नगरपालिका लाई आबस्यक स्वास्थ्य सामग्री सहयोग गरेकोमा ख्रीष्टियन समाज रौतहटका पदाधिकारीहरु लाई नगर प्रमुख चौधरीले धन्यवाद सहित प्राप्त सामग्रीको उचित सदुपयोग गर्ने बताएका छन् ।