ताजा खबर संबाददाता | जेठ ५, २०७८ बुधबार

नयाँ भेरियन्टको कोभिड-19  संक्रमणका कारण रौतहटमा एकजना जनप्रतिनिधिको समेत ज्यान गएको छ । रौतहटको मध्यभागमा अबस्थित गरुडा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष राम ईशवर राय यादवको उपचारको क्रममा ज्यान गएको हो । विगत १५ दिन देखि काठमाडौंको ग्राण्डी अस्पतालमा उपचाररत यादबको उपचारको क्रममा सोमबार बेलुका मृत्यु भएको परिवार को स्रोले जनाएको छ । कोरोना संक्रमण पुष्टि भएर थप उपचारका लागि काठमाडौं गएका ५५ वर्षिय यादवको स्वास्थ्य झन जटिल बनेको र सोमबार बेलुका निधन भएको गरुडा नगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले जानकारी दिएका छन्  ।