ताजा खबर संबाददाता | जेठ ८, २०७८ शनिबार

काठमाडौं - विपक्षी गठबन्धनले राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रतिगमनकारी कदमकाविरुद्ध राजनीतिक र कानुनी लडाई लड्ने घोषणा गरेको छ ।

आज बसेको बैठकमार्फत् वक्तव्य जारी गर्दै गठबन्धनले राष्ट्रपति र प्रधानमन्त्रीको अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमका विरुद्ध उठ्न सबै जनतामा अपिल पनि गरेको छ ।