ताजा खबर संबाददाता | जेठ २५, २०७८ मंगलबार

नेपाल पत्रकार महासंघ रौतहट शाखाका सभापति प्रेमचन्द्र झा गौर स्थित निजी निवासमा सरसफाइको काम  गरिरहेको बेला लगाएको  चप्पल एक्कासी चिप्लिन गई शारीरिक सन्तुलन कायम नहुँदा लडेर टाउकोको पछाडिको भागमा चोट लागेको छ । चोट  लागेपछि सोमबार गौर अस्पतालमा उपचार गराई उनी  घर फर्किएका छन्  । घाईते झाको टाउकोमा दुई ओटा टाका लगाइएको जिल्ला अस्पताल गौरले जनाएको छ ।
पत्रकारहरुको लागि अभिभावकत्व बोकेर अहोरात्र  खट्दै आएका  नेपाल पत्रकार महासंघ रौतहट शाखाको सभापति  झा लाई  केहि दिन  घरमा नै बसी आराम गर्न चिकित्सकले सुझाएका छन् । 
आफु घाईते भए पनि रौतहटको पत्रकारहरुलाई कुनै समस्या भए आफु संग सम्पर्क राख्न सभापतिले  आग्रह समेत गरेका छन् ।   उनी  घाईते भएको खबर सुनेर नेपाल पत्रकार महासंघ रौतहट शाखामा आबद्ध रहेका पत्रकार तथा जिल्लाको सक्रिय पत्रकारहरु उनको  निवाशमा पुगेर भेटेर सभापति झाको  स्थिति बारे जानकारी लिनुको साथै शिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको सचिव मदन ठाकुरले बताए ।