ताजा खबर संबाददाता | जेठ २८, २०७८ शुक्रबार

रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा सरकार बिरुद्ध प्रदर्शन भएको छ । शुक्रबार बिहान नेपाल बिद्यार्थी संघ रौतहटले चन्द्रनिगापुरको मुख्य चोकमा  सरकार बिरुद्ध चर्को नारा लगाउदै प्रदर्शन गरेका छन  । नेविसंघका कार्यकर्ताहरु केपि ओलि राजिनामा दे , बहुल राज्य चाहिदैन , राजेन्द्र  चाईदैन, नालायक सरकार  राजिनामा दे , संसद विघटन फिर्ता गर , कोभिड खोपको तत्काल ब्यवस्था गर , रास्ट्रपतिको असंबैधानिक कदम खारेज गर,चुरे दोहन सम्बन्धी नीति खारेज,भ्रष्ट सरकार राजिनामा दे जस्ता नारा लेखिएको प्ले कार्ड सहित चन्द्रनिगहपुरमा  नेपाल विद्यार्थी संघ रौतहटले प्रदर्शन गरेको हो । नेपाल विद्यार्थी संघ रौतहटका अध्यक्ष देवराज कार्कीको नेतृत्वमा भएको प्रदर्शनमा जनज्योती बहुमुखि क्याम्पसका सभापति ससंगमश्रेष्ठ, विद्यार्थी नेता सुमन गौतम , श्यामहरि चौलागाई , अधिकार लामिछाने , सम्भु थापा, आस्विन भुर्तेल  लगायतका विद्यार्थी नेताहरुको सहभागीतामा सामाजिक दुरि कायम सहित स्वास्थ्य मापदण्ड पालना गरि संयमित र अनुशासित भई नालायक   सरकारको  बिरोध प्रदर्शन गरिएको  नेवि संघ रौतहटका नेता गोपाल प्रसाद हुमागाईंले बताए ।