ताजा खबर संबाददाता | जेठ ३०, २०७८ आइतबार

रौतहटको चन्द्रपुरमा श्रीमानद्वारा आफ्नै श्रीमती माथी एसिड प्रहार भएको छ ।
शनिबार साँझ घरायसी झगडा हुदा श्रीमतीलाई एसिड प्रहार गरेको आरोपमा प्रहरीले ४२ बर्षिय दिपक बिकलाइ  पक्राउ गरेको छ । एसिड प्रहारबाट घाइते महिलाको चन्द्रपुरमा रहेको एपोलोसिटी अस्पतालमा उपचार भइरहेको छ ।
मनिष एंड मनिषा सुनचाँदी ज्वेलर्सका सञ्चालक विकले ३८ बर्षिया श्रीमती दिपिका बिकलाई एसिड प्रहार गरेका हुन् । दिपिकाको देव्रे पाखुरा र पेटमा एसिडले पोलेको छ । श्रीमती लाई एसिड प्रहार गर्ने दिपक बिक लाई पक्राउ गरि अनुशन्धान थालिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी लिलाराज लामिछानेले बताएका छन ।