सरोज अर्याल | साउन ३, २०७८ आइतबार

सरकारले रेल खरिद गरेर ल्याएको १० महिनापछि आज  रेल्वे ट्रयाकको स्पीड परीक्षण गर्ने  भएको छ । जनकपुर–जयनगर रेल्वे ट्रयाकमा भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभद्वारा स्पीड परीक्षण गरिने छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले स्पिड परीक्षणका लागि आइतबार रेल्वे ट्र्याक खाली गर्न सर्वसाधारणसँग अनुरोध गरेका छन् ।