ताजा खबर संबाददाता | साउन ८, २०७८ शुक्रबार

नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई पार्टी छाड्न मन नलागेको बताएका छन् । बिहीबार पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंको चम्पादेवीमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले अपमान सहेर पार्टीमा बस्न नसकिने र आफूले बनाएको घर छाडेर हिँड्न पनि मुश्किल पर्ने बताएका छन् ।

‘आफैंले बनाएको घर त्यसै छाडेर जाने चाहना कसैको पनि हुन्न’, नेपालले भनेका छन्, ‘तर, अपमान सहेर, गलत कुरा सहेर बस्न सकिने अवस्था छैन्, अब सहेर बसिन्न ।’ उनले भने ।

त्यस्तै उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि नराम्रो व्यवहार गरीरहेको उल्लेख गरेका छन् ।