ताजा खबर संबाददाता | साउन ८, २०७८ शुक्रबार

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्  ।

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि ओलीले पहिलोपटक आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् ।

 राष्ट्रपति भंडारी र ओलीबीच  विहान ११ बजेदेखि बिभिन्न समसामयिक विषयमा छलफल भएको स्रोतले जनाएको छ ।