ताजा खबर संबाददाता | साउन ८, २०७८ शुक्रबार

काठमाण्डौ:- सरकार सञ्चालनमा सहजीकरण गर्न सत्तारुढ गठबन्धनले ६ सदस्यीय कार्यदल गठन गरेको छ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा कार्यदल बनाइएको हो ।

कार्यदलमा कांग्रेसबाट खड्का सहित मिनेन्द्र रिजाल, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जनता समाजवादी पार्टी (जसपा) बाट महेन्द्रराय यादव र राजेन्द्र श्रेष्ठ सदस्य रहेका छन्  ।

सरकारलाई समर्थन गरेको देउवा नेतृत्वको सरकार निर्माणमा मुख्य भुमिका निभाएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष र राष्ट्रिय जनमोर्चालाई भने कार्यदलमा सहभागी गराइएको छैन।