ताजा खबर संबाददाता | असोज ३, २०७८ आइतबार

नेपाली कांग्रेस रौतहट क्षेत्र नम्बर ४ ले सातौं संविधान दिवसको अवसरमा चद्रनिगहपुर स्थित मुख्य चोक तीनकुनेमा दीप प्रज्वलन गरेको छ । 
आइतबार साँझ संघीय सांसद देव प्रसाद तिमल्सिनाको प्रमुख उपस्थितीमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको हो । नेपालको संविधान २०७२ को निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले संविधानको पूर्ण पालना एबम् कार्यान्वयनमा समेत अग्रणी भूमिका निभाउदै आएको सांसद तिमल्सिनाले बताएका छन् । 
मुलुकमा जब जब संविधानमाथि नै खतरा आइपर्छ संवैधानिक संकट उत्पन्न हुन लाग्छ त्यसबेला कांग्रेसको नेतृत्व देशले खोजेको हुन्छ त्यस बखत कांग्रेसले जिम्मेवारी बहन गरी संवैधानिक रक्षा एबम् संविधानको अस्तित्व बचाउनको निम्ति चट्टान झैं अडान लिएर जन भावना अनुरुप कार्य गर्दै आएको सांसद तिमल्सिनाको भनाइ रहेको छ ।


 मृगौला रोगीको एबम् दिर्गरोगिको निम्ति विशेष प्याकेजको सहुलितका लागि आफूले नै पटक पटक सदनमा कुरा उठाउँदै आएको कुरा देउवा नेतृत्वको सरकारको पालामा पूरा भएको उनले बताएका छन् । गरीब र सामान्य नागरिकका लागि सर्वप्रिय नेताको रूपमा अब्बल सावित भएका तिमल्सीना रौतहट लगायत प्रदेश नंबर २ मा समेत चर्चित एबम् लोकप्रिय नेताको रूपले चिनिन्छन ।
मुलुकमा विद्यमान कायम रहेको संविधानको लागि देशमा हज्जारौं नेपाली जनताले रगर बगाएर प्राप्त गरेको व्यवस्था एवम् संविधानमाथि पटक पटक हमला हुन लागेको र केही प्रतिक्रियावादी शक्तिहरू संविधानको विरोधमा लाग्नु आफैमा दुःखद भएको उनको भनाइ रहेको छ ।

संविधानको रक्षाको निम्ति सबै नागरिक एक भएर लागि पर्नुपर्ने मा सांसद तिमल्सिनाको जोड रहेको छ । 
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ४ का सभापति रामस्नेही राय यादव, प्रदेश सांसद धनलाल ठोकर, क्षेत्रीय सचिव नरेश लामिछाने , नेपाली कांग्रेसका नेताहरु रबिनचन्द्र कोइराला, मुकेश गिरी, निलहरी कोइराला, नवराज देवकोटा,देवराज कार्की, सुबाश कोइराला लगायत विभिन्न तह र तप्काका नेता कार्यकर्ताको उपस्थिति रहेको युवानेता कल्याण कार्कीले बताए ।