ताजा खबर संबाददाता | असोज ३, २०७८ आइतबार

सातौं संविधान दिवसको अवसरमा रौतहटको गौर स्थित जिल्ला कारागारका ५ जना कैदीको कैद मिनाहा गरिएको छ।

मन्त्री परिषद्को भदौ २९ गते बसेको बैठकको निर्णय बमोजिम राष्ट्रपति विद्या देवी भण्डारीले देशैभरका ५ सय ३१ जनाको कैद मिनाहा गरेकी हुन् ।

सोही अनुसार गौर कारागारबाट विभिन्न मुद्धामा सजाय भोगिरहेका ५ जनाको सजाय मिनाहा गरिएको हो।

 गौर कारागारका अनुसार सबैभन्दा बढी कर्तव्य ज्यान मुद्धाका ३ जना, सवारी ज्यान मुद्धाका १ जना हात हतियार तथा खर-खजाना मुद्दाका १ जना गरी ५ जनाको कैद मिनाहा गरिएको स्रोतले जनाएको छ ।

  कर्तब्य ज्यान मुद्धा लागेका सर्लाहीको बरहथवा न.पा.- ३ बस्ने ४८ बर्षिय राम दास,रौतहट कटहरिया १ बस्ने ३२ बर्षिय रामनारायण दास तत्मा र हाल चन्द्रपुर ८ बस्ने ४९ बर्षिय शेरप लो लाई संविधान दिवसको अवसरमा आम माफि दिईएको छ। यस्तै सोहि अवसरमा सवारी ज्यान मुद्धामा जेल परेका रौतहटको माधवनारायण न.पा २ लौकाहा बस्ने २४ बर्षिय समसुदिन साई र हात हतियार तथा खर-खजाना मुद्दामा जेल परेका रौतहटको यमुनामाई ४ बस्ने २६ बर्षिय दिलिप कुमार साहलाई आम माफि दिईएको जनाएको छ ।