ताजा खबर संबाददाता | असोज ५, २०७८ मंगलबार

अखिल नेपाल महिला संघ क्रान्तिकारीको चन्द्रपुर स्थित विभिन्न वडाहरूमा वडा भेला सम्पन्न भएको छ ।

रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका स्थित वडा नंबर २ र वडा नंबर ४ मा वडा भेला सम्पन्न भएको हो । संगठन निर्माणको गतिलाई दुर्त गतिमा बढाउँदै नेकपा माओवादी केन्द्र निकट रहेको अखिल नेपाल महिला संघ क्रान्तिकारीले आफ्नो संगठन निर्माणलाई तीव्रता दिएको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा अप्रत्यासित हार बेहोरेको माओवादी केन्द्रले चन्द्रपुर लगायत जिल्लाको अन्य पालिकाहरुमा समेत संगठन निर्माणलाई जोड दिएको बताएको छ ।

मंगलबार चन्द्रपुर २ स्थित जुडिबेला मा सम्पन्न भेलाले उर्मिला कर्माचार्य को अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गरेको जनाएको छ।

त्यस्तै संगठन विस्तार अन्तर्गत वडा नंबर ४ मा समेत मंगलबार नै वडा भेला गरेको माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य एबम् महिला नेतृ देबकी नेपालले बताए । वडा नंबर ४ मा भएको वडा भेलाले सविता पौडेलको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको नेता नेपालले जानकारी दिएकी छन् ।

नेकपा माओवादी केन्द्र प्रदेश २ कमिटी सदस्य देबकी नेपालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमका अतिथीहरुमा दूत बहादुर थिङ,चेत बोलखे ,एकराज थापा,सञ्जिप माझी,प्रमिला राना,सर्मिला सुनुवार लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको नेता नेपालले बताएकी छन् ।